शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

१२ दिनदेखि अनशनरत खान र सरकारबीच सहमति

२ कार्तिक, २०७८ १७:०९ मा प्रकाशित

715 पटक पढिएको

ruby khan

काठमाडौं – न्याय माग्दै १२ दिनदेखि अनशनरत रुबी खान र सरकारबीच सहमति भएको छ। बाँकेका नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीको बेपत्ता प्रकरणमा न्यायको माग गर्दै काठमाडौं आएर प्रहरीले धरपकड गरेपछि अनसन बसेकी रुबी र सरकारबीच सहमति भएको हो। रुबी १२ दिनदेखि अनशनरत थिइन्।

गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने लिखित सहमित भएसँगै खानले अनसन स्थगित गर्न सहमत जनाएकी हुन्। समितिले सत्यतथ्य बाहिर नल्याए कडा आन्दोलन गर्ने रुबीले बताइन्।

७ दिनभित्र प्रतिवेदन बुझाउने गरी समितिले अख्तियारी पाएको छ। उनले दोषी देखिएकालाई कारबाहीको माग गरेकी छन्। सहमतिबारे माइतीघर मण्डलामा पत्रकार सम्मेलन भएको थियो।

बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि ११ महिलासहित १४ जना २० दिन हिँडेर काठमाडौं आएका थिए। महिला अधिकारकर्मीले नन्कुन्नीको घरेलु हिंसाकै कारण ज्यान गएको भन्दै त्यसमा संलग्न दोषी ४ जनालाई पक्राउ गरी कारबाहीको माग गरेका छन्।

निर्मला कुर्मीको शरीर बन्धक बनाएर बेपत्ता पारिएको भन्दै दोषीलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने अधिकारकर्मीको माग छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome