बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

समुदायमा कोरोना फैलिएपछि गोरखाको लक्ष्मीबजार सिल

२२ श्रावण, २०७७ २२:०६ मा प्रकाशित

738 पटक पढिएको

gorkha

गोरखा – व्युटी पार्लर सञ्चालकलाई देखिएको कोरोना समुदायमा फैलिएपछि गोरखा नगरपालिका ९ लक्ष्मीबजार क्षेत्रलाई पूर्ण रुपमा बन्देज(सिल) गरिएको छ । बिहीबार सम्पन्न जिल्लास्तरीय कमाण्डपोष्ट एवं सिसिएमसीको बैठकले लक्ष्मीबजार र यस आसपासका क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।

‘लक्ष्मीबजारकी व्युटिपार्लर सञ्चालकलाई संक्रमण देखिएको र उनको कन्ट्याक ट्रेसिङको क्रममा समुदायका तीनजनामा संक्रमण देखिएपछि लक्ष्मीबजार र आसपासका क्षेत्रलाई पूर्णरुपमा बन्देज(सिल) गर्ने निर्णय भएको छ,’बैठकको निर्णय सुनाउँदै जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले भने, ‘पूर्वमा खोलखोले, कट्टेलचोक, पश्चिममा टक्सार, सातदोबाटो, उत्तरमा सिर्दिखोला र दक्षिणमा लुदीखोलाको घेराभित्रको क्षेत्रलाई सिल गर्ने निर्णय भएको हो ।’

व्युटिपार्लर सञ्चालक काठमाडौं जाने क्रममा नागढुंगा चेकप्वाइण्टको कोरोना परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनको सम्पर्कमा आएका ५१ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये बिहिबार तीनजनामा कोरोना पोजिटिभ देखिएको वडाअध्यक्ष कुलबहादुर कुँबरले जानकारी दिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome