शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

बाढीपहिरो प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

२ कार्तिक, २०७८ १७:२० मा प्रकाशित

308 पटक पढिएको

pm sher bahadur deuba

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितको उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले मंगलबार बालुवाटारमा बोलाएर बाढी,पहिरो र डुवानबाट प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री खाणलाई निर्देशन दिएका हुन्। तीन दिनदेखि देशका विभिन्न क्षेत्रमा लगातार वर्षा भइरहेको छ।

कञ्चनपुरको भीम दत्त नगरपालिकामा २ सय परिवार विस्थापित भएका छन् भने कैलालीका विभिन्न स्थानका एक सय परिवार विस्थापित भएका छन्। कतिपय स्थानमा भित्र्याउनै लागेको धानबाली बगाएको छ।

अविरलरुपमा वर्षा हुने क्रम जारी रहेकाले यसले ठूलो क्षति हुनसक्ने मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ। महाकाली नदीमा पानीको सतह खतराभन्दा माथि पुगेको छ। सेती नदी पुलमाथिबाट बग्न थालेको छ। मौसम विज्ञान विभागले महाकाली, सेती र कर्णाली नदीमा २०७० साल पछिकै ठूलो जलस्तर बढेको बताएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome