शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

सुदूरपश्चिमका पहाडी जिल्लामा टेलिफोन र विद्युत सेवा अवरुद्ध

२ कार्तिक, २०७८ १७:२४ मा प्रकाशित

743 पटक पढिएको

telephone tower

काठमाडौं – अविरल वर्षासँगै सदूरपश्चिमका पहाडी जिल्लाको टेलिफोन र विद्युत सेवा अवरुद्ध भएको छ । सोमबार रातिदेखि टेलिफोन र विद्युत सेवा अवरुद्ध भएको हो। निरन्तर वर्षाले उद्धारमा कठिनाइ भइरहेको छ भने क्षतिको विवरण संकलनमा पनि समस्या भइरहेको बताइएको छ।

भीमदत्त पन्त राजमार्गको खानीडाँडामा रुख ढलेर नेपाल टेलिकमको फाइवर अवरुद्ध भएपछि पहाडी जिल्लाको फोनसेवा अवरुद्ध भएको हो । नेपाल टेलिकमका प्रमुख सुरत मल्लले फाइबर टुटेको स्थानमा प्राविधिक टोली पुगिसकेको बताए । ‘राति नै रुख ढलेर सेवा अवरुद्ध भएको छ, बनाउने काम सुरु भइसकेको छ,’ मल्लले भने ।

सेवा अवरुद्ध भएपछि स्थानीयले घरमा खबर गर्न पाएका छैनन् । फाइवरमा समस्या आएपछि इन्टरनेट सेवा समेत अवरुद्ध भएको छ । ‘फाइवरको एडीएसएस नै टुटेको छ, यो मुख्य लिंक हो, लिंक नै टुटेपछि समस्या आयो,’ टेलिकमका प्रमुख मल्लले भने ।

फाइबर टुटेपछि डडेल्धुरा, डोटी, अछाम, दार्चुला, बझाड, बाजुरा र बैतडी गरी ७ जिल्लाको टेलिफोन, इन्टरनेट अवरुद्ध भएको हो । कैलाली र कञ्चनपुर सहित पहाडि जिल्लाका अधिकांश स्थानमा सोमबार रातिदेखि विद्युत सेवा पनि अवरुद्ध भएको छ ।

पहाडि जिल्लातिर जाने राष्ट्रिय प्रसारण लाइन, स्थानीय वितरण लाइनहरुमा ठाउँ-ठाउँमा क्षति भएकाले विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ । विद्युत अवरुद्ध भएको स्थानमा प्राविधिक खटाइसकिएको पनि प्राधिकरणले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome