शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

उदयपुरमा खोलामा डुबेर दुईजनाको मृत्यु

२ कार्तिक, २०७८ १७:२६ मा प्रकाशित

306 पटक पढिएको

dead body

काठमाडौं – उदयपुरमा दुई अलग-अलग ठाउँमा खोलाले बगाएर दुईजनाको ज्यान गएको छ । बेलका नगरपालिका २ स्थित गिदेरी खोला र कटारी नगरपालिका २ स्थित कमला खोलाले बगाएर दुईजनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदप्रसाद गौतमका अनुसार सोमबार गिदेरी खोलामा स्थानीय विश्वनाथ चन्द्रबंशीका दुई वर्षीय छोरा भरत चन्द्रबंशी र कमला खोलामा कटारी नगरपालिका १० गिजिङटारका ४५ वर्षीय गुमानसिंह खड्काको ज्यान गएको हो ।

असोज ३१ गते दिउँसो घरबाट वेपत्ता भएका चन्द्रबंशी सोमबार खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । त्यसैगरी असोज २९ गते कटारी २ माझिटोलस्थित कमला खोलामा वेवारिसे अवस्थामा फेला परेको खड्काको सोमबार बेलुका सनाखत भएको हो ।

वेवारिसे शव फेला परेको सम्बन्धी सूचना प्रवाह भएपछि मृतकका भाइ डिकबहादुर खड्काले आफ्नो दाजुको पहिचान गरी शव बुझेको डीएसपी गौतमले बताए । दुबै शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको उनले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome