शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

सेतीको बाढिले बन्यो टापु, ६० जना फसे

३ कार्तिक, २०७८ ०७:०० मा प्रकाशित

473 पटक पढिएको

isand in seti

काठमाडौं – सेती नदीले धार परिवर्तन गरेर बस्तीको बीचबाट बगेपछी बनेको टापुमा सिगास गाउँपालिका ढुङ्गाडका करिब ६० जना फसेका छन्। उद्दारको पर्खाइमा रहेका उनीहरुले यथाशीघ्र उद्दार गरि आफूहरुको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेका छन् ।

सीगास गाउँपालिकाका प्रवक्ता रामबहादुर धामीले उनीहरुको यथाशीघ्र उद्धार गर्न आग्रह गरेका छन् । उनले भने, ‘सेती नदीको किनारमा मैदान थियो । धार परिवर्तन गरेर बस्तीको बीचबाट नदी गयो। अहिलेसम्म उद्धार हुन सकेको छैन। आजै मैले सुदूरपश्चिम प्रदेशका कानुनमन्त्रीसँग समय मागे तर, पाएन ।’

उनले भने, ‘सेती नदीले गाउँको जमिन कटान गरेर ढुंगाडतर्फ एउटा टापु बनाएको छ । जुन टापु कुनैपनि बेला बग्न सक्छ।’ गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै घटनाबारे जानकारी गराएको प्रवक्ता धामीले बताए।

सेती नदीमा बाढी आएपछि नदी आसपासका बस्ती बान्डोरीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासी त्रसित छन्। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी विक्रम चन्दका अनुसार दुई जिल्ला जोड्ने झोलुङ्गे पुल बगाउँदा करिब ६० जना नदीको टापुमा फसेका हुन् । एसएसपी चन्दले नदी दुवैतिरबाट बगेपछि उनीहरु टापुमै अड्किएको बताएका छन्।

उनले पुल बगाएकाले उद्धारमा कठिनाइ भएको बताए। हेलिकोप्टरबाट उद्दार गर्ने तयारी गरिएपनि खराब मौसमका कारण समस्या भएको छ। नदीले कटान गर्न थालेपछि नदी किनारमा रहेका केहि स्थानीय रातिनै सुरक्षित स्थानतिर गएका छन्।

नदीमा पानीको बाहब बढ्दै गएको र वर्षा पनि नरोकिएकाले नदी आसपासका नागरिकलाई नदी क्षेत्रमा नजान प्रशासनले आग्रह गरेको छ।

flood in seti

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome