शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप ६६२ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु, ७५८ डिस्चार्ज

३ कार्तिक, २०७८ १६:५० मा प्रकाशित

357 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ६६२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ९ लाख ७४८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७५८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ८४ हजार १५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ११ हजार ५७९ जना सक्रीय संक्रमित रहेका छन् । ८०७ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने १० हजार ७७२ जना होम आइशोलेसनमा रहेका छन् । २७६ जना आईसियुमा १०४ जना भेन्टिलेटरमा उपचारारत छन् । २२७ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३१८ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome