बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

आर्यन खानको जमानत अपिल खारेज

३ कार्तिक, २०७८ १९:३६ मा प्रकाशित

250 पटक पढिएको

aryan khan son of sharukh khan

काठमाडौं – बलिउडका अभिनेता शाहरुख खानका छोराको जमानत अपिल खारेज भएको छ। मुम्बईको सेन्सेस अदालतले आर्यन खानको जमानत अपिल खारेज गरेको हो। जमानत खारेजीसँगै २३ वर्षीय खानले अझै केही दिन जेलमै बस्नुपर्ने छ। आर्यन खानको जमानतको लागि शाहरुख खानका वकिलले बम्बई उच्च अदालतमा अपिल गर्ने बताइएको छ।

‘क्रुज ड्रग्स पार्टी’को अभियोगमा पक्राउ परेका आर्यन खान लागुऔषधको मुद्धामा कयौं दिनदेखि मुम्बईको अर्थर रोड जेलमा छन्। अक्टोबर १४ मा आर्यनको जमानत सुनुवाई गरिएको थियो। तर कुनैपनि नतिजा हात नपरेपछि अदालतले अक्टोबर २० को समय तोकिएको भारतिय सञ्चारमाध्यमले जनाएको छ।

टाइम्स अफ इन्डियाका अनुसार आर्यनको लागि जेलमा कडा सुरक्षा र खानपानको व्यवस्था गरिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome