शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

आत्मघाती बमवर्षकका परिवारलाई जमिन र नगद दिने तालिबान सरकारको घोषणा

४ कार्तिक, २०७८ १७:२७ मा प्रकाशित

283 पटक पढिएको

taliban leaders

काठमाडौं – तालिबान सरकारले आत्मघाती बमवर्षकका परिवारलाई जमिन र नगद रकम दिने भएको छ। अफगानिस्तानको पूर्व सरकार र पश्चिमा समूहविरुद्धको लडाईँमा मृत्यु भएका परिवारहरुलाई सरकारले प्रशंसास्वरुप जमिन र नगद रकम दिने भएको हो।

अफगानिस्तानको आन्तरिक मन्त्रालयले विज्ञप्ती जारी गर्दै तत्कालिन समयका आत्मघाती बमवर्षकहरुको प्रशंसा गरेको छ भने पीडित परिवारलाई जमिन र नगद रकम उपलब्ध गर्ने घोषणा गरेको छ।

पीडित परिवारहरुलाई कपडा वितरण गरिएको छ भने सरकारले प्रत्येक परिवारलाई चाँडै १० हजार अफगानी (१११ डलर) र जमिन उपलब्ध गराउने बाचा गरेको सरकारका प्रवक्ता करी साइद खोस्टीले बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome