बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

फेसबुकले आफ्नो नाम परिवर्तन गर्दै

४ कार्तिक, २०७८ १७:३१ मा प्रकाशित

829 पटक पढिएको

facebook

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गर्ने योजना बनाएको छ। फेसबुकले कम्पनीको रिब्रान्डसँगै आागामी हप्तादेखि नयाँ नाम राख्ने योजना बनाएको हो।

फेसबुकका सीईओ मार्क जुकरबर्गले यही अक्टोबर २८ मा कम्पनीको नयाँ नाम र रिब्रान्डबारे उद्घोष गर्ने योजना बनाएको अमेरिकी टेक्नोलोजी वेबसाइट दी भर्जले जनाएको छ।

यद्यपि, फेसबुकले ‘हल्ला र अनुमान’को तत्काल टिप्पणी नगर्ने प्रतिक्रिया दिएको छ।

मंगलबार फेसबुकले आफ्नो कम्पनी विकास गर्न युरोपेली युनियनमा करिब १० हजार जागिरको पद खुलाउने घोषणा गरेको थियो। यस महिनाको सुरुवातमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टाको लागि बन्द भएको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome