शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने

५ कार्तिक, २०७८ १८:२२ मा प्रकाशित

360 पटक पढिएको

bhim acharya

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेलगत्तै प्रदेशसभा बैठक स्थगित भएको छ। अर्को बैठक आइतबार बस्नेछ। मुख्यमन्त्री आचार्यले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन्। विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन आइतबार हुनेछ।

आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका हुन्। दल विभाजन भएको एक महिनाभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। यसबीचमा मुख्यमन्त्री आचार्यले प्रदेश पर्यटन बोर्ड, खेलकुद बोर्ड र सञ्चार प्रतिष्ठानमा नियुक्ति गरिसकेका छन्। मुख्यमन्त्रीले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव बैठकमा पेस भएपछि छलफलको प्रक्रिया सुरु हुनेछ।

गत असोज २४ गतेको बैठकपछि सभामुखले भोलिपल्ट अर्थात असोज २५ गतेका लागि अर्को बैठक बोलाएका थिए। तर संसद सचिवालयमार्फत सूचना प्रकाशित गर्दै आज बैठक बसेको थियो। नेकपा (एकीकृत समाजवादी) अलग भएपछि एमाले नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा परेको छ। पार्टी विभाजनअघि एमालेसँग ५१ सांसद थिए। ९२ सदस्यीय प्रदेशसभामा एमालेसँग अहिले ४१ जना मात्रै सांसद छन्। संसदमा बहुमत पुर्‍याउन ४७ मत आवश्यक पर्छ।

विपक्षी गठबन्धनसँग ५० सांसद छन्। मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउन नसकेमा प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ने छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome