बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

‘माया पिरेम’ टिकटक प्रतियोगिता : विजेतालाई एक लाख

५ कार्तिक, २०७८ १८:२८ मा प्रकाशित

269 पटक पढिएको

maya pirem tiktok contest

काठमाडौं – ‘माया पिरेम’ गीतको टिकटक प्रतियोगिता हुने भएको छ। प्रतियोगितासँगै विजेताले २५ हजारदेखि एक लाखसम्म पुरस्कार पाउने निर्माण टिमले जनाएको छ।

नव कलाकार देलविस दर्शनधारी र राज तुम्बाहाम्फेले डेब्यु गरेको माया पिरेम बोलको गीतको म्यूजिक भिडियोमा टिकटक प्रतियोगिताको समय अवधि बढाइएको छ। करिब एक हप्ता अगाडि युट्युबमा सार्वजनिक भएको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र मोडल अलिसा शर्माको अभिनय रहेको उक्त गीत यतिबेला लोकप्रिय भइरहेको छ।

ट्री इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतको भिडियोलाई युट्युबमा २१ लाखभन्दा बढी पटक हेरिएको छ। गीतको सफलतासँगै निर्माण टिमले गीतमा टिकटक प्रतियोगिताको आयोजना गरेको हो।

ट्री इन्टरटेन्मेन्टले प्रतियोगिताको समय अवधि बढाएको छ। अब २०७८ कार्तिक ५ बाट २०७८ कार्तिक २२ सम्मको अवधि थप गरिएको छ।

टिकटकमा ट्री इन्टरटेन्मेन्टको यूट्यूबमा गीतको क्लिपहरु राखिएको छ। प्रतियोगीले आयोजकले दिएको विभिन्न ह्यास्ट्यागहरु प्रयोग गर्दै आफ्नो भिडियो बनाउनुपर्ने छ। प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रो ५० हजार र तेस्रो हुनेले २५ हजार प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट १० जनाले नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा जसको सबैभन्दा बढी भ्यूज र लाइक आउँछ उसैलाई बिजेता घोषणा गरिने बताइएको छ। प्रतियोगीले धेरै भिडियो बनाउन पर्ने छ। माइकल चन्दले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेको भिडियोमा विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको छ। डिपी खनालले लेखेको गीतलाई शंकर स्माइलले संगीत भरेका छन्। संगीत संयोजन उदय राज पौडेलले गरेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome