शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

प्रधानन्यायाधीश जबराको राजीनामा माग

८ कार्तिक, २०७८ १५:५२ मा प्रकाशित

662 पटक पढिएको

cholendra shumsher jbr

काठमाडौं – सर्वोच्च अदालतका १३ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गरेका छन्। बैठकमा सहभागी एक न्यायाधीशले प्रधानन्यायाधीश राजनीतिक विवादमा परेको,प्रभावकारी ढंगले न्यायालय संचालन गर्न नसकेको भन्दै सर्वोच्चकै न्यायाधीशहरुले राजीनामा मागेको बताएका छन्।

सोमबार बिहान इजलास बहिष्कार गर्दै १३ जना न्यायाधीशले छुट्टै बैठक गरेका थिए। सोही बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निर्णय गरेको हो। न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्गप्रशस्त गरिदिन आग्रह गर्ने स्रोतले बताएको छ।

प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार १:३० बजेका लागि बोलाएको फूलकोर्ट पनि न्यायाधीशहरुले बहिष्कार गरेका छन्। उनीहरुले बहिष्कार गरेपछि फूलकोर्ट बस्न सकेन।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome