शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप ६६६ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु, ६२२ डिस्चार्ज

९ कार्तिक, २०७८ १६:३३ मा प्रकाशित

718 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ६६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ९ लाख ४ हजार ५१० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६२२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ८८ हजार ६३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर १० हजार २९६ जना सक्रीय संक्रमित रहेका छन् । ७८४ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ९ हजार ५१२ जना होम आइशोलेसनमा रहेका छन् । २५२ जना आईसियुमा ८० जना भेन्टिलेटरमा उपचारारत छन् । २१७ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३७२ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome