शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

भरुवा बन्दुक खेलाउँदा पड्किएर बालकको मृत्यु

९ कार्तिक, २०७८ १६:४६ मा प्रकाशित

373 पटक पढिएको

dead body

काठमाडौं – घरभित्र राखेको भरुवा बन्दुक खेलाउँदा पड्किएर मुगुमा एक बालकको मृत्यु भएको छ । खत्याड गाँउपालिका-१० डुमान गाँउका परे रावलको घर भित्र भरेर राखेको भरुवा बन्दुक खेलाउँदा सोही वडाका अमरसिंह रावलका १० वर्षीय छोरा विकास रावलको घटनास्थलमै मृत्यु भएको हो ।

बारीमा रोपेको आलु मकै दुम्सिले सखाप बनाउन थालेपछि दुम्सि मार्न भरेर तयारीमा राखेको भरुवा बन्दुक घरमा कोही नभएका बेला बन्दुक धनी परे रावलका ८ वर्षका तिर्थ रावल, सोही वडाका बीरमान रोकायाका ११ वर्षीय छोरा गोर्ख रोकायाले खेलाउँदा विकासको ज्यान गएको वडा अध्यक्ष तिलक रावलले जानकारी दिए ।

विकासको मृत्यु भइसकेपछि दुई बजे पछि सुकाढिक प्रहरी चौकीलाई स्थानीयले खबर गरेपछि सुकाढी प्रहरी चौकी र ईलका प्रहरी चौकी रातापानीबाट प्रहरी मुचुल्का गरी मृतक बालकको ७ गते प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा पोष्टमार्टम गर्न पठाएको थियो।

अवैध भरुवा बन्दुक राखेको आरोपमा प्रहरीले बन्दुक धनी परे रावललाई हतियारसहित नियन्त्रणमा लिएको छ । रावललाई अवैध हातहतियार खरखजना सम्बन्धि मुद्धा दर्ता हुनुका साथै घट्नामा संलग्न अन्य दुईबालकलाई परिवारको रोहबरमा घट्नाका बारे सोधपुछ गर्न उनका अभिभावकसहित जिल्ला प्रहरी कार्यालयमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome