शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट ढुंगेललाई हटाईयो

९ कार्तिक, २०७८ १६:५० मा प्रकाशित

270 पटक पढिएको

madhav prasad dhungel ousted

काठमाडौं – सरकारले राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट माधवप्रसाद ढुंगेललाई हटाएको छ। परिषद् स्थापनाकालदेखि कार्यकारी उपाध्यक्ष रहेका ढुंगेललाई मन्त्रिपरिषद्को कार्तिक १ गते बसेको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको थियो।

करिब पाँच वर्ष परिषद्को उपाध्यक्षमा रहेका ढुंगेल शेरबहादुर देउवाको सरकार परिवर्तन भएसँगै सोमबारबाट औपचारिक रुपमा बिदा भएका छन्। बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाको क्षेत्रमा हालसम्म गरेका उपलब्धिबारे जानकारी गराए। उनले नमुना युवा संसद र सहुलियपूर्ण कर्जा आफ्नो कार्यकालको लोकप्रिय कार्यक्रम भएको दाबी गरे।

ढुंगेलले युवा नेतृत्व विकासको क्षेत्रमा नमुना युवा संसदले दुरगामी प्रभाव राख्ने दाबी गरे। निवर्तमान कार्यकारी उपाध्यक्ष ढुंगेलले ‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’को थालनी गरेकाले देशव्यापी रुपमा कार्यक्रम लागू भएपछि विद्यार्थीले प्रत्यक्ष रुपमा विद्यालयमा सञ्चालन भएको उद्यममा सहभागी हुने बताए। उनले विद्यार्थीलाई विद्यालय तहदेखि नै रोजगारतर्फ आकर्षित गराउनका लागि अभियान आवश्यक रहेको स्पष्ट पारे।

उनले आफूले युवाको नेतृत्व विकास र उद्यमशीलताका क्षेत्रमा विशेष भूमिका खेलेको स्पष्ट पारे। ढुंगेलले हरेक नेपाली युवाको सरोकारको आशा र भरोसाको केन्द्र परिषद् बनेकाले युवाको नेतृत्व विकासको थलो रुपमा परिषद्लाई बनाउँदै लैजानु पर्ने धारणा राखे। युवालाई मोटिभेट गर्न सके स्वदेशीमा नै स्वरोजगार बन्ने भएकाले त्यसतर्फ ध्यान आवश्यक रहेको बताए। उनले भने, ‘५ लाखका दरले उद्यमका लागि ३९७ युवा उद्यम समूहलाई विना धितो बिना व्याज ऋण प्रवाह, सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि वाणिज्य बैंकहरुसँग समझदारी गरी सहजीकरण, नेफस्कुन र आइएलओको सहकार्यमा युवा उद्यमशीलता विकासका लागि ६९ जना युवालाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान प्रदान गरिएको छ।’

कार्यकारी उपाध्यक्षको रुपमा रहँदा सरकारले दिएको गाडीको चाबी सोमबारै राष्ट्रिय युवा परिषद्लाई हस्तान्तरण गरे। सरकार परिवर्तन भएसँगै राजनीतिक नियुक्ति पाएका व्यक्ति परिवर्तन स्वभाविक भएको जनाउँदै उनले युवा परिषद्मा सक्षम नेतृत्व पठाउन र विगतका योजनालाई कार्यान्वयनमा लैजान आग्रह गरे। कार्यकाल बाँकी रहदै सरकारले हटाएपनि राजनीतिक संस्कार देखाउनका लागि अदालत नगएर आफूले सहज रुपमा हस्तान्तरणको प्रक्रियामा गएको जानकारी दिए।

परिषद्का अनुसार हालसम्म ९१ स्थानीय तह, ७ प्रदेश र १ संघीय तह गरी जम्मा १८४ वटा तहमा नमुना युवा संसदको अभ्यास भएका छन्। अन्तर्राष्ट्रिय युवा कमिटीद्वारा परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेललाई विश्व युवा पुरस्कार–२०१८ बाट सम्मानित भएका थिए। यस्तै नेपालको संविधान युवामैत्री भएकाले वर्ल्ड फ्युचर काउन्सिलबाट नेपाललाई सन् २०१९ को फ्युचर पोलेसी सिल्भर अवार्ड प्राप्त गरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome