सोमबार, १२ आश्विन २०७७
सोमबार, १२ आश्विन २०७७

IT Training Nepal

अमेरिकामा नेपालीद्वारा सञ्चालित कनभिनियन्स स्टोर शीर्ष सयमा

२३ श्रावण, २०७७ ०८:२० मा प्रकाशित

546 पटक पढिएको

nepali rules convenience store chain in united states

टेक्सस – अमेरिकामा नेपालीद्वारा सञ्चालित सुविधा सुलभ पसल अमेरिकामै शीर्ष स्थानमा पुगेपछि सम्मानित भएको छ ।

अमेरिकाभर हरेक वर्ष बजार सर्भेक्षण गरी शीर्ष १ सय स्थानसम्म रहने सुलभ पसलहरुलाई सि–स्टोर म्यागजिन नामको पत्रिकाले सम्मान गर्दछ । यसै सिलसिलामा अमेरिकाको टेक्सस राज्यको ड्यालसमा मुख्यालय रहेको नेपालीद्वारा सञ्चालित ‘क्विक ट्रयाक सुलभ पसल १०० स्थानभित्र परेर सम्मानित भएको हो ।

उक्त पत्रिकाका अनुसार गत वर्ष २०१९ मा नेपालीद्वारा सञ्चालित क्विक ट्रयाक सुलभ पसल समूह जस्ता ९,४१९ मध्ये १६४ औं स्थानमा आएको थियो । तर २०२० मा क्विक ट्रयाक सुलभ पसल समूह जुलाई २०२० अन्त्य सम्म ७२ औं स्थानमा उक्लिन सफल भएको छ ।

कनभिनियन्स स्टोर न्यूजका अनुसार नेपालीद्वारा सञ्चालित क्विक ट्रयाक इन्क २०२० को शीर्ष १० मध्ये पहिलो स्थानमा पुगेको छ ।

उक्त पत्रिकाले क्विक ट्रयाकलाई यस वर्षको वर्षको सबैभन्दा ठूलो (बिगेस्ट मुभर अफ द ईयर) प्रेरक शक्ति भन्दै सम्मान गरेको छ । यस्तो सम्मान स्थान विशेषको आधारमा छनौट गरी सम्मान गरिन्छ ।

क्विक ट्रयाक सुलभ पसल समूह (क्विक ट्रयाक इन्क)का संस्थापक तथा सन्चालक ड्यालस टेक्ससका सफल व्यवसायी पासाङ्ग लामा हुन् ।

उनीसँग हाल यस्ता कनभिनियन्स स्टोर (सुलभ पसल) कूल १०२ वटा छन् भने ८० वटा उनीबाटै सञ्चालित छन्, जहाँ सवारी साधनको ग्यास (इन्धन) पनि बेचबिखन गरिन्छ ।

लामाको पुर्ख्यौली घर रामेछाप हो भने उनी धनकुटा देब्रेवासका हुन् । उनी अध्ययनको लागि धनकुटाबाट काठमाडौँ र काठमाडौँबाट अमेरिका २३ वर्ष अगाडि आएका हुन् ।

उनले १६ वर्ष अगाडिदेखि व्यवसाय सुरु गरेका हुन् । यो सम्मानले हौसला र अझ राम्रो गर्नु पर्छ भन्ने प्रेरणा मिलेको उनले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome