बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

बैंक तथा वित्तीय संस्थामा २२ करोड लगानी गर्दै राष्ट्र बैंक

१६ कार्तिक, २०७८ १५:५१ मा प्रकाशित

482 पटक पढिएको

nepal rastra bank

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा २२ करोड ५९ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन जस्ता विभिन्न कोषमा रहेको रकम २०७८ मंसिर १ गतेदेखि २०७९ मंसिर १ गतेसम्म १ वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । यसैक्रममा केन्द्रीय बैंकले १८ करोड ९ लाख रुपैयाँ बराबरको मुद्दती निक्षेप वाणिज्य बैंकमा राख्ने भएको हो।

यसैगरी, विकास बैंकमा ३ करोड ३८ लाख रुपैयाँ र वित्त कम्पनीमा १ करोड १२ लाख रुपैयाँ बराबरको रकम लगानी गर्ने भएको छ । राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरुले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाइ कात्तिक २३ गते दिउँसो २ बजे भित्र पेश गर्न अनुरोध गरेको छ ।

लगानी गर्न इच्छुक संस्थाले चाहेको व्याजदर समेत खुलाएर पठाउन राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले अनुरोध गरेको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव छ । कर्जा निक्षेप (सिडि) अनुपात ९० प्रतिशत हुनुपर्नेमा अधिकांशको नाघिसकेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले २७ ओटा वाणिज्य बैंकको सिडि अनुपात औसत ८९.३८ प्रतिशत छ। यतिबेला केन्द्री बैंकको उक्त लगानी बैंकका लागि केहि राहत बन्ने छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome