बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

पाकिस्तान टी-२० विश्वकप २०२१ को सेमिफाइनलमा

१७ कार्तिक, २०७८ १८:२४ मा प्रकाशित

469 पटक पढिएको

pakistan vs namibia

काठमाडौं – चौँथो खेलमा नामिबियालाई ४५ रनले पराजित गर्दै पाकिस्तान यूएईमा जारी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

अबुधाबी क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले नामिबियालाई १९० रनको लक्ष्य दिएको थियो। सो लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो।

नामिबियाका लागि गेभिड विजेले ४३ तथा क्रेइग विलियम्सले ४० रन जोडे। त्यस्तै स्टेफन बार्डले २९ रन बनाए। पाकिस्तानका हसन अली र इमाद वासिमले १/१ विकेट लिए। यसैगरी हरिस रौफ र शहब खानको नाममा पनि १/१ विकेट रह्यो।

यसअघि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। उसका लागि मोहम्मद रिजवानले अविजित ७९ रन बनाए। कप्तान बाबर अजामले ७० रन बनाए। त्यस्तै मोहम्मद हफिजले ३२ रन जोडे।

नामिबियाका डेभिड विजे र जेन फ््रयाइलिंकले १/१ विकेट लिए।

सुपर १२ अन्तर्गत समूह–२ मा रहेको पाकिस्तान लगातार चौँथो जित निकाल्दै पहिलो स्थानमा छ। तीन खेल खेलेको अफगानिस्तान दुई खेलमा विजयी हुँदै दोस्रो, न्यूजिल्यान्ड तेस्रो र नामिबिया चौँथो स्थानमा छन्। त्यस्तै भारत पाँचौँ तथा स्कटल्यान्ड छैठौँ स्थानमा छन्।

उता समूह–१ बाट इङ्ल्यान्ड पनि एक खेल अगावै सेमिफाइनल प्रवेश गरिसकेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome