बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

एकैदिन ७९ अंकले घट्यो नेप्से

२३ कार्तिक, २०७८ १६:३० मा प्रकाशित

425 पटक पढिएको

stock market down

काठमाडौं – मंगलबार एकैदिन नेप्से परिसूचक ७९ अंकले घटेर २७४९.८५ विन्दुमा अडेको छ। ठूला कम्पनीको कारोबार मापन सेन्सेटिभ इण्डेक्स पनि १६.०२ अंकले घटेर ५१२.८२ विन्दुमा झरेको छ।

कारोबारमा आएका २२५ कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर ६ अर्ब ५२ करोड ७७ लाख मूल्य बराबरमा खरिदबिक्री भयो। सोमबारको तुलनामा मंगलबार नेप्से घटेपनि सेयर कारोबार रकम भने बढेको छ।

सोमबार २३० कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता सेयर ४ अर्ब ४२ करोड ७ लाख बराबर मूल्यमा खरिद बिक्री भएको थियो। यसदिन १३ वटै समूहको सेयर मूल्य ओरालो लागेको छ। विकास बैंक र वित्त समूहको परिसूचक सर्वाधिक घटेको छ। सो समूहको सेयर मूल्य क्रमश ५.२३ र ५.२९ प्रतिशतले घटेको हो।

यस्तै, तीन समूहको परिसूचक ४ प्रतिशत बढीले ओरालो लागेको छ। निर्जीव विमा, जलविद्युत, होटल तथा पर्यटकको सेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घट्दा बाँकी अन्य समूहको २ प्रतिशत बढीले घटेको हो।

यसदिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। तेह्रथुम पावर कम्पनी, मानुसी लघुवित्त वित्तीय संस्था र साहस उर्जाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा नबिल बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको २९ करोड ८२ लाख रुपैयाँभन्दा बढीमा सेयर खरिद बिक्री भयो।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः साहस ऊर्जा र अपि पावर रहेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome