बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

‘सूर्यवंशी’ पहिलो हप्तामै १०० करोड नजिक

२३ कार्तिक, २०७८ १७:०४ मा प्रकाशित

397 पटक पढिएको

suryavanshi

काठमाडौं – कोरोना महामारीपछि पहिलोपटक हलमा प्रदर्शन भएको बलिउड चलचित्र ‘सूर्यवंशी’ पहिलो हप्तामै १०० करोड नजिक पुगेको छ ।

रोहित सेट्टीले निर्देशन गरेको उक्त फिल्मले पहिलो दिन २६ करोड उठाएको थियो भने दोस्रो दिन २३ करोड उठाएको थियो । त्यसैगरी तेस्रो दिन २६.९४ करोड कमाएको ‘सूर्यवंशी’ले सोमबार समेत १४.५१ करोड उठाएको भारतीय मिडियाले जनाएका छन्।

शुक्रबारबाट प्रदर्शनमा आएको उक्त फिल्म नेपालमा पनि धेरैले रुचाएका छन्।

महामारीपछि उक्त फिल्मले १०० करोड कमाउने पहिलो बलिउड फिल्म बन्ने अनुमान गरिएको छ।

फिल्ममा अक्षयकुमार र कट्रिना कैफको प्रमुख भूमिका रहेको छ। फिल्ममा अजय देवगण, रणवीर सिंहको पनि अभिनय छ। कोरोनापछि चर्चित फिल्मको रुपमा उक्त फिल्म रहेको देखिन्छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome