बुधबार, २१ जेठ २०७७

hostgator optimized wordpress hosting

पूर्व मिस नेपाल अश्मी श्रेष्ठको प्रेमी चर्चित भारतीय गायक सनम पुरी

४ जेष्ठ २०७६, शनिबार १९:०१ मा प्रकाशित

1513 Views पटक पढिएको

काठमाडौँ, ४ जेठ : पूर्व मिस नेपाल २०१६ अश्मी श्रेष्ठ यतिबेला एकाएक चर्चामा आएकी छिन् ।

प्राय कम बोल्ने अनि सार्वजनिक कार्यक्रमहरुमा पनि त्यती सहभागी नहुने अश्मी चर्चामा आउनुको कारण भने अरु केही होईन उनको प्रेमको कारण हो ।

उनको प्रेमी चर्चित भारतीय गायक भएको खुल्न आएको छ । अश्मीले केही दिन अघि सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेपछि युट्युवमा निकै चर्चित रहेका गायक सनम पुरीसंग उनको प्रेम सम्बन्ध खुल्न पुगेको हो ।

सनमले पनि अश्मीसंगका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । सनम पुरी तिनै गायक हुन जसको फ्यान फलोईङ नेपालमा पनि कम छैन ।

उनले केही समय अगाडी नेपालमा आएर पनि आफनो कन्सर्ट सफलतापुर्वक सम्पन्न गरिसकेका छन् । यता अश्मीले एकपछि अर्काे गर्दै सनमसंगका तस्बिरहरु सार्वजनिक गरिरहेकीछिन् । सुरुमा यी दुबैले साधारण तस्बिरहरु सेयर गरेका थिए । जसमा अधिकांशले उनीहरुबीच कतै प्रेम त छैन भन्ने शंका गरेका थिए तर सनमले अश्मीसंगको तस्बिर सेयर गर्दै आफु प्रेममा रहेको स्वीकार गरेका छन् । त्यसपछि यो जोडीलाई माया , शुभेच्छा र बधाईका शब्दहरु ओहिरएका छन् । यता चितवनकी अश्मीको फ्यान फलोईङ पनि कम छैन ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting