बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

सर्वोच्च परिसरमा वकिल र प्रहरीबिच झडप : बारका महासचिवसहित ६ जना घाइते

२५ कार्तिक, २०७८ १४:५९ मा प्रकाशित

646 पटक पढिएको

clash between police and lawyers at supreme court

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको विरोधमा सर्वोच्च अदालत अगाडि गरिएको प्रदर्शनमा वकिल र प्रहरीबिच झडप हुँदा नेपाल बार एसोसिएसनका महासचिवसहित ६ जना घाइते भएका छन्।

बारका महासचिव लीलामणि पौडेल, नेपाल बार एसोसिएसनका उपाध्यक्ष रक्षा बस्याल, पुर्व उपाध्यक्ष कुमार शर्मा आचार्य, नेपाल बारका केन्द्रीय सदस्य रमन श्रेष्ठ र उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई, केन्द्रीय सदस्य प्रकाश महर्जन र घाइते भएका नेपाल बार एसोसिएसनका पुर्व उपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए।

बारले भोलि सर्वोच्चका सम्पूर्ण इजलास बहिष्कार गर्ने

प्रहरी हस्तक्षेपविरुद्ध नेपाल बार एसोसिएसनले भोलि (शुक्रबार) सर्वोच्च अदालतका सम्पूर्ण इजलास बहिष्कार गर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बिहीबार बिहान सर्वोच्च पुगेका वकिमाथि प्रहरीले हस्तक्षेप गरेपछि बारले बन्दी प्रत्यक्षीकरणसमेतका मुद्दाको बहस समेत बहिष्कार गर्ने निर्णय गरेको हो। यस्तै बारले प्रधानन्यायाधीशविरुद्ध उत्रिन भोलि बिहान १० भित्र अदालतमा भेला हुन वकिललाई आग्रह गरेको छ।

यस्तै बारले भोलिदेखि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। करिब दुई हप्तादेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बार आन्दोलित छ।

बारले दिनप्रतिदित आन्दोलनका कार्यक्रमलाई शसक्त बनाउँदै लगेको छ। बारले आजपनि सर्वोच्च परिसरमा जबराको राजीनामा माग्दै चर्को नाराबाजी गरेको थियो। बिहान १०:३० बजेदेखि ११:३० बजेसम्म सर्वोच्चमा धर्ना दिने बारको रणनीति छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome