बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

सुनको मूल्य एकैदिन १३०० ले बढ्यो

२५ कार्तिक, २०७८ १५:०१ मा प्रकाशित

612 पटक पढिएको

gold price in nepal

काठमाडौं – नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज एकैदिन प्रतितोला रु १३०० ले बढेर प्रतितोला रु ९४ हजार कायम भएको छ। बुधबार सुन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० रहेको छ। बुधबार प्रतितोला रु ९२ हजार २०० तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य बुुधबारका तुलनामा रु २० बढेको छ। चाँदीको मूल्य रु एक हजार २७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५० डलरमा कारोबार भइरहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome