बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

विराट कोहलीकी छोरीलाई बलात्कारको धम्की दिने इन्जिनियर पक्राउ

२५ कार्तिक, २०७८ १५:०६ मा प्रकाशित

608 पटक पढिएको

virushka daughter

काठमाडौं – भारतीय क्रिकेट कप्तान विराट कोहली तथा अभिनेत्री अनुष्का शर्माकी ९ महिनाकी नाबालक छोरीलाई बलात्कारको धम्की दिएको आरोपमा एक सफ्टवेयर इन्जिनियर हैदरावादबाट पक्राउ परेका छन् ।

आरोपित २३ वर्षीय सफ्टवेयर इन्जिनियर राम नागेश श्रीनिवास आकुवाथिनी हुन् । उनलाई मुम्बई प्रहरीले हैदरावादबाट बुधबार पक्राउ गरेको हो । उनलाई सोधपुछका लागि मुम्बईस्थित हिरासतमा राखिएको छ ।

आरोपित राम नागेशले ‘क्रिक्रेजीगर्ल’ नामक ट्विटर अकाउन्टमार्फत कोहली र बलिउड अभिनेज्ञी अनुष्का शर्माकी छोरीलाई बलात्कारको धम्की दिएको बताइएको छ। आरोपितले धर्मका कारण आफ्ना मुस्लिम साथीमाथि आक्रमण गरेको आक्रोशमा धम्की दिएको बताइएको छ ।

सो मुद्धा गत हप्ता राजधानी नयाँ दिल्लीस्थित दिल्ली महिला आयोगमा दर्ता भएको थियो । केहि दिनअघि सो मुद्धा त्यहाँको साइबर अपराध विभागमा समेत दर्ता भएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome