मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

१० इन्च लामो हात्तिको दाह्रा बिक्री गर्न हिँडेका ३ जना काठमाडौंबाट पक्राउ

२३ श्रावण, २०७७ १८:२७ मा प्रकाशित

913 पटक पढिएको

elephant tusk

काठमाडौं – प्रहरीले आज दिउँसो अवैध हात्तिको दाह्रा बिक्री गर्न हिँडेका ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर जिल्ला घर भई काठमाडौंको कपन बस्ने बर्ष २८ का रुद्र लिम्बू , सिन्धुपाल्चोक जिल्ला गर भई कपन बस्ने बर्ष २५ का हरि कार्कि र गोर्खा जिल्ला घर भई काठमाडौं सामाखुशी बस्ने बर्ष २२ का सुबोध देवकोटा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलिले विशेष सुचनाको आधारमा काठमाडौंको सुकेधाराबाट १० इन्च लामो हात्तिको दाह्रासहित उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु माथी वन्यजन्तु अपराध एन अन्तर्गतको मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता राजकुमार केसीले जानकारी दिएका छन् ।

elephant tusk smugglers

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome