बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

स्विजरल्याण्ड सरकारले दिएको ४ लाख ९२ हजार एस्ट्राजेनेका खोप काठमाडौंमा

२५ कार्तिक, २०७८ १५:१८ मा प्रकाशित

679 पटक पढिएको

swiss vaccine aid for nepal

काठमाडौं – स्विजरल्याण्ड सरकारले उपलब्ध गराएको ४ लाख ९२ हजार मात्रा एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो खोप कोभ्याक्स फ्यासिलिटी अन्तर्गत अनुदानमा उपलब्ध भएको हो। बुधबार साँझ प्राप्त भएको खोप स्वास्थ्य सेवा विभाग लगिएको छ।

हालसम्म १ करोड ६२ लाख ६६ हजार १५५ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबार १६ हजार ५२९ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome