बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

१४७ दिनमा जन्मिएको शिशुको नाम गिनिज बुकमा

२६ कार्तिक, २०७८ १७:१७ मा प्रकाशित

549 पटक पढिएको

Curtis Means Alabama boy certified as world's most premature baby

काठमाडौं – संयुक्त राज्य अमेरिकाको दक्षिणपूर्वी राज्य अलाबामा १४७ दिनमा जन्मिएका एक शिशुले संसारकै कम समयमा जन्मिने शिशुको रुपमा प्रमाणपत्र पाएका छन् ।

कर्टिस मिन्स नाम दिइएका ती शिशु सन् २०२० जुलाई ४ मा जन्मिएका हुन् । जन्मिदा उनको तौल जम्मा ४२० ग्राम थियो । हाल जन्मेको १६ महिना पुगेका कर्टिस संसारकै कम समयमा जन्मिने शिशु भएको गिनिज वल्र्ड रेकर्डले पुष्टि गरेको छ ।

करिब १९ हप्ताअघि नै ती शिशुले आमा माइकल बटलरको गर्भबाट जन्म लिएका हुन् । बटलरले जुम्ल्याहा शिशु जन्म दिएपनि कर्टिससँगै जन्मिएका किस्याको भने जन्मिने वित्तिकै मृत्यु भएको थियो ।

सो समयमा कर्टिसको बाच्ने सम्भावना जम्मा १ प्रतिशत मात्र रहेको चिकित्सकले बताएका थिए । जन्मिएपछि भेन्टिलेटरमा राखिएका कर्टिसलाई तीन महिनापछि अस्पतालले डिस्चार्ज गरेको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome