बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

नेपाली विद्यार्थीलाई चीन फर्किने व्यवस्था मिलाइदिन परराष्ट्रमन्त्रीको आग्रह

२७ कार्तिक, २०७८ १५:२६ मा प्रकाशित

231 पटक पढिएको

narayan khadka with hou yan qi

काठमाडौं – परराष्ट्रमन्त्री नारायण खड्काले कोरोना महामारीका कारण चीन फर्किन नपाएका विद्यार्थीलाई छिट्टै फर्किने व्यवस्था मिलाइदिन चिनियाँ राजदूत होउ यान्छीसँग आग्रह गरेका छन्।

सिंहदरबारमा चिनियाँ राजदूत यान्छीसँग भएको भेटवार्तामा मन्त्री खड्काले कोरोना महामारीका कारण चीन फर्किन नपाएका विद्यार्थीलाई छिट्टै फर्किने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । राजदूत यान्छीले चीनले यसबारे गम्भिरतासँग पहल गरिरहेको जवाफ दिएकी थिइन्।

मन्त्री खड्का र राजदूत यान्छीबीच द्विपक्षीय हितका विविध पक्षबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आफूहरुलाई चीन जान अनुमति दिनुपर्ने माग गर्दै नेपाली विद्यार्थीले काठमाडौंमा समेत प्रदर्शन गरिसकेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome