बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

थप २९५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु, ४७८ डिस्चार्ज

२७ कार्तिक, २०७८ १६:३४ मा प्रकाशित

236 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २९५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ९ लाख ११ हजार ६५७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४७८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ९७ हजार ९२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ७ हजार २७८ जना कोरोनाका सक्रीय संक्रमित रहेका छन् । ५२६ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ६ हजार ७५२ जना होम आइशोलेसनमा रहेका छन् । १९३ जना आईसियुमा ५७ जना भेन्टिलेटरमा उपचारारत छन् । ९८ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४७१ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome