सोमबार, १२ आश्विन २०७७
सोमबार, १२ आश्विन २०७७

IT Training Nepal

पीसीआरपछि मात्र विश्वकप छनोटको लागि प्रशिक्षण सुरु गरिने

२४ श्रावण, २०७७ ०९:१७ मा प्रकाशित

329 पटक पढिएको

anfa nepal

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीको कोरोना भाइरसको पीसीआर परीक्षणपछि भएको छ। कोरोनाका कारण लामो समयदेखि घरमै बसेका फुटबल खेलाडीको पीसीआर गरेर मात्र प्रशिक्षण थालिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

एन्फाले एक महिना अघिदेखि खेलाडीको प्रशिक्षणको व्यवस्था गर्नका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग अनुरोध गर्दै आएको थियो। सन् २०२२ को विश्वकप छनोट खेलको तयारीका लागि छोटो समय भएकाले पनि एन्फा खेलाडीको प्रशिक्षणमा हतारिएको हो। फुटबल टोलीको प्रशिक्षण र तयारीका लागि सरकारले अनुमति दिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए।

राईका अनुसार एन्फाले विश्वकप छनोट खेलका लागि क्याम्पमा परेका खेलाडीको कोरोना परीक्षण गरेर मात्र खेलाडीको तयारी गर्नेछ। ‘हामीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र नेपाल सरकारले तयार पारेको गाइडलाइन अनुसार खेलाडीको तयारी गर्न लागेका हौं। खेलाडीको प्रशिक्षण सानो समूह बनाएर गरिने छ। क्याम्पमा रहेका खेलाडीलाई कम्तिमा तीन समूहमा बाँडेर प्रशिक्षण गराउने तयारी गरिएको छ,’ प्रवक्ता राईले भने।
एन्फाले खेलाडी सुरक्षाका लागि ललितपुरस्थित एन्फा होस्टेलको क्वारेन्टाइनलाई सेनिटाइसहित स्वस्थ र सुरक्षित बनाउने काम पनि गरेको छ। यसअघि एन्फाले होस्टललाई ललितपुर महानगरपालिकालाई क्वारेन्टाइन बनाउन दिएको थियो।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट खेलअन्तर्गत नेपाल एसियाली देशको समूह ‘बी’ मा रहेको छ। नेपालले अब तीनवटा घरेलु खेल खेल्न बाँकी छ। नेपालले अक्टोबर ८ तारिख चाइनिज ताइपेईसँग, अक्टोबर १३ तारिख अस्ट्रेलियासँग र नोभेम्बर १२ मा जोडर्नसँग दशरथ रंगशालामा खेल्नेछ। यसअघि चैतमा हुने तय भएको छनोट खेल कोरोनाका कारण स्थगित भएको थियो।

नेपालले खेल्ने आठ खेलमध्ये यसअघि पाँच खेल खेलिसकेको छ। नेपालले यसअघिका खेलमा चाइनिज ताईपेइलाई मात्र २–० गोलले हराएको थियो। नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० र दोस्रो खेलमा १–० गोलले पराजित भएको थियो। नेपाल अष्ट्रेलियासँगको पहिलो खेलमा ५–० र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो।

अहिले समूहमा १२ अंकसहित अष्ट्रेलिया शीर्षस्थानमा छ। कुवेत १० अंकसहित दोस्रो, १० नै अंक बनाएको जोर्डन तेस्रो, नेपाल तीन अंकसहित चौथो र अंकविहिन चाइनिज ताइपेई पुछारमा छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome