मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

पर्सामा मेयरसहित थप ५२ जनामा कोरोना पुष्टि

२४ श्रावण, २०७७ १५:३३ मा प्रकाशित

884 पटक पढिएको

corona positive

वीरगन्ज – वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालाको शनिबार बिहान आएको रिपोर्टमा पर्साका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका २ जना र सर्लाहीका १ जनामा पनि संक्रमण भेटिएको छ ।

शनिबार बिहान संक्रमण पुष्टि भएका पर्साका ५२ जना मध्ये पर्साको बहुदरमाइ नगरपालिकाका मेयर, उक्त नगरपालिकाका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत ९ स्वास्थ्यकर्मी र सर्वसाधरण गरि २५ जना छन् ।

यस्तै पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १० का ६ जना , वडा नम्बर ११ र १६ का ४/४ जना , वडा नम्बर १२ का २ जना , वडा नम्बर ३ ,४, ७ , ९ का १/१ जनामा पनि शनिबार बिहान संक्रमण पुष्टि भएको हो ।

पर्साकै छिपहरमाइ गाँउपालिका ५ भिस्वाका २ जना, बिन्दवासिनी गाँउपालिका ३ का १ जना र वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणमा कार्यरत ३२ वर्षका १ जना सेनामा पनि संक्रमण भेटिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

शनिबार ५२ जना थपिएसंगै पर्सामा संक्रमितको संख्या ९४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । पर्सामा कोरोना संक्रमणका कारण अहिले सम्म २० जनाको मृत्यु भइसकेको छ । साउनमा मात्रै पर्सामा १६ जनाको मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome