शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

कोरोनाका कारण थप ३ जनाको मृत्युसँगै मृतकको संख्या ७३ पुग्यो

२४ श्रावण, २०७७ १६:४६ मा प्रकाशित

353 पटक पढिएको

corona patient dies

काठमाडौं – नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्युसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौंका १ जना महिला, पर्साका १ पुरुष र मोरङका १ पुरुष रहेका छन् ।

काठमाडौं जिल्ला टोखा-६ वस्ने वर्ष ४१ की एक महिलाको मिति २०७७ साउन २३ गते विहान ११ः२३ मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा निधन भएको छ । निज साउन १८ गते कोरोना पुष्टी भई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचाररत रहेकी थिइन् । निज पाठेघरको क्यान्सर र निमोनियाको समेत बिरामी रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

त्यस्तै पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं ३ छपकैया बस्ने वर्ष ७४ का एक पुरुषको मिति २०७७ साउन २३ गते १ः३० बजे गण्डक अस्थायी कोभिड अस्पताल, विरगंजमा निधन भएको छ । मधुमेह तथा दमका रोगी उनी केहि दिन अघि देखी ज्वरो, खोकी तथा स्वाशप्रश्वासको समस्याले ग्रसित भई हिजो साउन २३ गते अस्पतालको आकस्मिक विभागमा आएका उनलाई आधा घण्टा पछि मृत घोषित गरिएको थियो । मृत्यु पछि लिइएको स्वाव नमुनामा उनको कोरोना पुष्टी भएको ।

त्यस्तै मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं. ९ वस्ने वर्ष ५८ का एक पुरुषको मिति २०७७ साउन २३ गते विहान ९ः१५ वजे कोशी अस्पतालमा निधन भएको छ । उच्च रक्तचापका रोगी उनी निमोनिया, ज्वरो तथा श्वास प्रश्वासमा कठिनाई भई केहि दिन अघि देखी सप्तकोशी अस्पतालमा उपचार गराइरहेकोमा विरामीको अवस्था बिग्रँदै गएपछि उनलाई कोशी अस्पतालमा रेफर गरिएको थियो । उनलाई आइसोलेसनमा उपचार गर्ने क्रममा स्वाव नमुना संकलन गरी प्रादेशिक प्रयोगशाला विराटनगरमा जाँच गर्दा कोरोना पुष्टी भएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome