मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

नेपालगन्जको मुख्य बजार क्षेत्र सिल गरी सेना परिचालन

२५ श्रावण, २०७७ ०७:३७ मा प्रकाशित

838 पटक पढिएको

nepalgunj city

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र सिल गरी सेना परिचालन गरिएको छ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकको निर्णय अनुसार शनिबार राति १२ बजेदेखि साउन २७ गते मंगलबार राति १२ बजेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिका सिल गरेर नेपाली सेनाको अगुवाइमा संयुक्त सुरक्षा फौज परिचालन गरिएको छ।

केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले समुदायस्तरमा कोरोना संक्रमण बढदै गएकाले स्वाब संकलन र परीक्षणको दायरा बढाउन नगर क्षेत्रको अति जोखिमयुक्त क्षेत्र सिल गरिएको बताए। नेपालगन्जको गणेशमानचोक, चारबाहिनी क्षेत्र, बाँकेगाउँ, रिङ्गरोग, नहरपुरवा हुँदै बसपार्क र पुष्पलाल चोकसम्मको क्षेत्र सिल गरी उक्त क्षेत्रमा नेपाली सेनासहितको संयुक्त सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो।

सिल गरिएको क्षेत्रमा एम्बुलेन्स, दमकल र शवबाहन बाहेक सबै प्रकारका सवारीका साधन र व्यक्तिको हिडडुलमा रोक लगाइएको प्रजिअ कुरुम्वाङ्गले प्रष्ट पारे।

१८ साउनदेखि बाँके जिल्लाभरी निषेधाज्ञा जारी छ। हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दो छ। शनिबार मात्र नेपालगन्जका १६ र कोहलपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार भने बाँकेका ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome