मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

२६ श्रावण, २०७७ ०८:२१ मा प्रकाशित

431 पटक पढिएको

nepal rastra bank

काठमाडौं – कोरोनाको जोखिम व्यापक रुपमा बढ्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले आइतबार सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेको हो । कोरोनाको सङ्क्रमणको मात्रा बढ्दै गएकाले घरबाटै काम गराउन र त्यो सम्भव नभए कमभन्दा कम कर्मचारी उपस्थित हुने गरी विभिन्न सिफ्टमा काम गर्ने वातावरण मिलाउन निर्देशन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सरकारले यातायातको क्षेत्रमा जोर बिजोर प्रणाली लागू गरेको तथा स्वास्थ्य सुरक्षाका विषयमा स्पष्ट मार्गदर्शन गरेको भन्दै त्यसको पूर्ण रुपमा परिपालना गर्न गराउन भनेको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवालाई नियमित कसरी राख्न सकिन्छ भन्ने बारेमा कार्ययोजना बनाउन आग्रह गरेको छ । केन्द्रीय बैंकले विद्युतीय माध्यमबाट हुने कारोवारलाई थप प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थालाई पुनः ध्यानाकर्षण गराएको छ ।

बैंकिङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा कोरोनाको सङ्क्रमणलाई न्यूनीकरण गर्दै सुरक्षाका अधिकतम सबै उपाय अनिवार्य रुपमा पालन गर्न तथा गराउन निर्देशन दिइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome