बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

अब अत्याचार सहेर बस्न सक्दैनौँ : बहिर्गमित जनमुक्ती सेना

२६ श्रावण, २०७७ ११:४३ मा प्रकाशित

756 पटक पढिएको

rajan thapa subash

राजन थापा (सुवास)

पुर्व माओबादी केन्द्र र पुर्व एमाले पार्टी मर्ज गरि बनेको (ने.क.पा.) पार्टीले जनताको एजेन्डाको नाममा झुटको खेति गरि जनतालाई झुक्याएर बहुमत प्राप्त गर्ने खेल थियो । आम नेपालि जनताले सत्य कुरा बुझिसकेका छन् कि दुई पार्टी मिलेको नाटक गरि जनतालाई भ्रममा पारेर झुटा एजेन्डाहरु घोषणा पत्रमा समावेस गरी निर्वाचनमा दश औंला जोडी भोट माग्दै ठुला-ठुला कुरा गरी जनतालाई मख्ख बनाई विस्वास जित्न सफल भए ।

आम नेपालि जनतालाई ठुलो विश्वास थियो अब यी दुई ठुला पार्टी एकता गरेर आएका छन् देशका लागि केहि निकास दिन्छन् । तर बिडम्वना नेपालि जनाताले कल्पना गरेको भन्दा फरक आए परिणाम पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले संचालन गरेको सरकारले गरेको कामले प्रष्ट पार्दिएको छ । जनताले बुझ्ने धेरै मौका पाए । (नेकपा) सरकारले जनहित अनुसार काम गर्न सकेन । त्यसैले गर्दा जनताले हाम्रो सरकार हो भन्ने महसुस गर्न पाएनन् । सरकार संचालन गरेको पार्टीको प्रधानमन्त्री ज्युले जनताबाट विश्वास गुमाउँदै जानुभयो । जनताले दिएको जनमतलाई दुरुपयोग गरेकै कारण जनताबाट बहिस्कृत हुन आउने अवस्था छ ।

अरुलाई पार्छु भनेर खनेको खाल्टोमा आफै पर्ने खतरा पनि देखिन्छ । त्यसकारण त्यो खाल्टो बेलैमा नपुरे नेकपा त्यहि खाल्टोमा परेर पुर्व राजा ज्ञानेन्द्र शाह जस्तै गरी जनताको नजरबाट सधैँको लागी गिर्दै समाप्त हुने दिन नआउला भन्न सकिन्न।

आज नेपाल सरकारले नेपालि जनताको सुरक्षाको निम्ति कोरोना भाईरसको विरुद्वमा सचेत हुँदै लड्दै अगाडी बढ्नु पर्ने बेलामा अहिले पार्टीभित्र देखिएका किचलो गाईजात्रे रमिता देखाउँदै लडिरहेका छन् । आजको आवश्यकता विवाद गरेर बस्ने बेला होईन, ( बिप्लव जनताको ने.क.पा.) लाई प्रतिबन्ध लगाउने बेला होइन, खुलेआम रुपमा भ्रष्टचारीलाई संरक्षण गर्दै प्रोत्साहन दिने बेला पनि होईन, जघन्य अपराधि, बलात्कारी, वाईड बडी काण्डका नाइके, सुन काण्डका गिरोह, बालुवाटार ललिता निवास सरकारी जग्गा काण्ड, ७० करोड काण्ड, स्वास्थ्य सामाग्री माथि भएको चरम खालको अनियमितता गर्ने कुख्यात अपराधिहरुलाई जोगाउँदै स्वयं आफु भ्रष्टको नाइके बन्दै उखान टुक्काको भरमा देशलाई कंगाल बनाउने बेला होईन । त्यसैले गर्दा आम नेपालि जनताको मर्म र भावनालाई गदर गर्दै अगाडि बढ्नु पर्ने थियो । तर जनताकै एजेन्डालाई छोडेर व्याक्तिगत स्वार्थको लडाईंमा हावी भएकै कारण जनता यो नेकपाको सरकारको विकल्प खोज्न बाध्य भएका छन् । हिजो नेपालि जनताले जुन आशा गरेका थिए, त्यहि आशा बमोजिम बहुमत दिएर सिंहदरबार भित्र पठाए, तर नेपालि जनताले रगत र पसिना बगाई श्रम गरेर तिरेको करबाट तलव भत्ता खाएर जनताको रगत र पसिना माथि होलि खेल्दै जनता मार्नको लागि, विकासको नाममा देशलाई विनास गर्न, क्रान्तिकारीहरुलाई प्रतिबन्ध लगाउन, अधुरो शान्ती प्रकृयालाई सडकमा छोडेर रमिता देखाउँदै सरकारमा बसेर भ्रष्टाचार गर्नको लागि निर्वाचनमा बहुमत दिई बिजय गराएर सिंहदरवार पठाएको होईन दलालहरु होसियार।

फेरि यी दलालहरुको विरुद्ध एकजुट भई एक पटक लड्ने बेला भयो । हिजो गणतन्त्र प्राप्तिको लागि १७ हजार शहिद भए भने हजारौँ बेपत्ता भए, १३ हजार अंगभंग भए, जनताका जनमुक्ती सेनालाई बलिको बोका बनाएर अपमान गरि बिदेशिसँग लम्पसार परेर आत्मसमर्पण गर्दै कौडिको भाउमा बेच्ने दलालहरु आज यहि योद्धाहरुले लडेर ल्याएका परिबर्तन माथी रहेर हालीमुहाली गर्दैछन् भने फेरि त्यही योद्धाहरुलाई र जनतामाथी अपमान गर्दै दलालरुले गरेको अन्याय अत्याचारलाई सहेर बस्न सक्दैनौँ।

बहिर्गमित जनमुक्ती सेना नेपाल
राजन थापा (सुवास) प्रवक्ता तथा उपाध्यक्ष


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome