शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

लगानी बोर्डका प्रमुखमा सुशील भट्टको नियुक्ति खारेजीका लागि अदालतमा रिट

२६ श्रावण, २०७७ १६:४६ मा प्रकाशित

415 पटक पढिएको

sushil bhatta nepal investment board

काठमाडौ – लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको विवादित नियुक्ति प्रकरण अदालतमा पुगेको छ।

भट्टको नियुक्ति गैरकानुनी भएको जिकिर गर्दै निर्णयको खारेजीका लागि पाटन जिल्ला अदालतमा रिट दायर भएको छ। अधिवक्ता जयबहादुर भुजेलले भट्ट नियुक्तिको निर्णय कानुनबमोजिम नभएको दावी रिट दायर गरेका हुन्।

अदालतमा रिट दर्ता भएको जानकारी अदालतका रजिष्ट्रार बाबुराम दाहालले दिए। कालोसूचीमा परेको व्यक्ति योग्य नहुने भन्दै नियुक्ति गैरकानुनी भएको दाबी गरिएको छ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले भट्टलाई ४ वर्षका लागि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो। अर्थमन्त्री डा युवराज खतिवडा नेतृत्वको छनोट समितिले भट्ट, रामकृष्ण खतिवडा र डा सरोज कोइरालाको नाम सिइओका लागि सिफारिस गरेको थियो।

कालोसूचीमा परेका बद्‌नाम विचौलियालाई लगानी बोर्डको जिम्मा लगाएको भन्दै पार्टीभित्रैबाट पनि नियुक्तिको विरोध भएको थियो। केही दिन अघि नेकपाका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटार पुगेर बदनाम विचौलियालाई लगानी बोर्डमा कसको डिजाइनमा ल्याएको भन्दै प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका थिए। भट्टको नियुक्तिले पार्टी र सरकार दुबै बदनाम भएको बताउँदै यस्तो गलत कदमलाई सच्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome