बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

जिल्ला अदालत मोरङको न्यायाधीशमा कोरोना संक्रमण

२६ श्रावण, २०७७ १६:५५ मा प्रकाशित

300 पटक पढिएको

district court morang biratnagar

विराटनगर – न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि जिल्ला अदालत मोरङको काम कारबाही सोमबारबाट तीन दिनका लागि बन्द गरिएको छ । एकजना न्यायाधीशमा सोमबार कोरोना संक्रमण पुष्टि भएका कारण अदालत तीन दिनका लागि बन्द गरिएको सूचना अधिकारी युवराज पौडेलले बताए ।

उनकाअनुसार तीन कर्मचारी र एक न्यायाधीश गरेर चार जनाको स्वाब परीक्षण गरिएकोमा न्यायाधीशको रिपोर्ट पोजेटिभ आएको हो । अरु तीन कर्मचारीको रिपोर्ट नेगेभिट आएको छ ।

कोरोना महामारीका समयमा अदालतले अहिले अति आवश्यकीय सेवासहित, पक्राउ पूर्जी जारी, थुनुवाको म्याद थप, मुद्दाको थुनछेक गर्ने लगायतका काम कारबाही गर्दै आएको थियो । अदालतका सूचना अधिकारी पौडेलले सोमबारबाट यी सबै काम कारबाही बन्द भएको र बिहीबारदेखि सूचारु हुने जानकारी दिए ।

उनकाअनुसार आफूसँग सम्पर्कमा रहेका एक जना प्रहरी अधिकृतमा कोरोना देखिएपछि न्यायाधीशले पनि आइतबार स्वाब परीक्षणका लागि पठाएका थिए ।

न्यायाधीशमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेका अदालतका ४० जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको पौडेलले बताए । सबै कर्मचारीको पीसीआर परीक्षण रिपोर्ट प्राप्त भइसकेपछि अदालतको काम कारबाही कसरी अघि बढाउने भन्ने निर्णय हुने उनको भनाइ छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome