सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

भारतीय पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण

२६ श्रावण, २०७७ १७:०० मा प्रकाशित

540 पटक पढिएको

pranab mukherjee

नयाँ दिल्ली – भारतीय पूर्वराष्ट्रपति तथा नेता प्रणव मुखर्जीमा कोरोनाभाइरस परीक्षण गर्दा उनमा पोजिटिभ नतिजा रिपोर्ट आएको हो ।

प्रणवले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई आइसोलेसनमा जान पनि आग्रह गरेका छन् ।
मुखर्जी उपचारका लागि सोमबार अस्पताल पुगेका छन् । भारतमा हालसम्म २२ लाख भन्दा धेरै संक्रमित छन् ।

२०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बनेका मुखर्जी पछिल्लो समय सक्रिय राजनीतिमा छैनन् । ‘अलग कामको लागि अस्पताल जाँदा थाहा भयो कि, ममा कोभिड १९ को पोजिटिभ रिपोर्ट आएको छ । गत साता मसँग जोडिन आउनुभएका व्यक्तिहरुलाई म आइसोलेसनमा जान आग्रह गर्दछु,’ ८४ वर्षीय मुखर्जीले जनाएका छन् ।

मुखर्जी संक्रमित भएपछि उनको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा थुप्रैले प्रार्थना गरेका छन् । देशका प्रभावशाली राजनीतिज्ञ, पत्रकार, लेखकहरुले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome