शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

४ सय तालिबान बन्दी रिहा गर्दै अफगान सरकार

२६ श्रावण, २०७७ १७:०३ मा प्रकाशित

776 पटक पढिएको

taliban prisoners

काबुल – अफगानिस्तान सरकार ४ सय तालिबान बन्दीलाई रिहा गर्न तयार भएको छ ।

दुई दशकदेखि युद्धरत विद्रोहीसँग वार्ताको लागि मार्ग प्रसस्त गर्न भन्दै अफगान सरकारले यस्तो निर्णय गरेको हो । देशको विशाल सभाले आइतबार ५ हजार तालिबान बन्दीलाई रिहा गर्न सुझाव दिएको थियो । जुन समूहलाई तालिबानले पनि शान्ति वार्तामा तयार हुने शर्तमा रिहा गर्न माग गर्दैआएको थियो ।

अफगान राष्ट्रपति असरफ घानीले आइतबार काबुलस्थित लोया जिर्गा सभालाई सम्बोधन गर्दै तालिबान बन्दीलाई रिहाको आदेश दिने संकेत गरेका थिए । तालिबान विद्रोहीसँग पहिलो चरणको वार्ता कतारको राजधानी कतारमा हुने योजना छ । जहाँ तालिबानले राजनीतिक कार्यालय नै स्थापना गरेको छ ।

हालै अफगान सरकारले तालिबान बन्दीलाई रिहा गर्ने घोषणा अघिल्लो वर्ष अमेरिकासँगको सम्झौताको कार्यान्वयनकै एक हिस्सा हो । २०१९ को फेब्रुअरीमा अमेरिका र तालिबानबीच वार्ता भएको थियो ।

अफगानिस्तानमा कुनै बेला सत्तामा रहेको तालिबान शक्तिलाई २००१ मा अमेरिकाले अपधस्त गरिदिएको थियो । अमेरिकाको सेप्टेम्बर ११ हमलापछि अमेरिकी फौजले तालिबानलाई शक्तिबाट हटाएको थियो । हमलाकारी समूह अल क्वायदासँग सम्बद्ध भन्दै अमेरिकाले तालिबानलाई हटाएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome