शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

ललितपुरको किष्ट अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

२७ श्रावण, २०७७ ०७:३५ मा प्रकाशित

673 पटक पढिएको

dead body

ललिलपुर – ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा सोमबार बिहान मृत्यु भएकी काभ्रेका ५० वर्षीया महिलामा कोरोना पुष्टि भएको छ। आइतबार सिकिस्त अवस्थामा भर्ना भएकी उनको आइसीयुमा राखेर उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले जानकारी दिए।

सोमबार बिहानै मृत्यु भएपनि बेलुका मात्र उनको कोरोना संक्रमणको रिपोर्ट आएको बज्राचार्यले बताए। मृतक महिलामा कलेजो र गलब्लाडरको समस्या रहेको बताइएको छ।

कोरोना भाइरस संक्रमणका कारण किस्टअस्पतालमा मृत्यु हुने उनी तेस्रो बिरामी हुन्। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome