सोमबार, १२ आश्विन २०७७
सोमबार, १२ आश्विन २०७७

IT Training Nepal

गोंगबु हत्या प्रकरण : विष खुवाएर मारेपछी घाँटी र खुट्टा काटीयो

२७ श्रावण, २०७७ ०८:१० मा प्रकाशित

893 पटक पढिएको

gongabu dead body in pieces incident

काठमाडौं – गोंगबु हत्या प्रकरणकी आरोपी कल्पना शाही पक्राउ परेपछि घटनाको रहस्य खुलेको छ । शाहीले विष खुवाएर हत्यापछि शव व्यवस्थापन गरेको प्रहरीलाई बयान दिएकी हुन् ।

हत्यापछि टाउको र खुट्टा अलग गरी सुटकेशमा राखी फालेको खुलेको हो । दाङ घर भएका कृष्णबहादुर बोहरा रात नै बस्ने गरी महिलाको कोठामा पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनी गेष्ट हाउसमा बस्दै आएकोमा त्यहाँका सञ्चालकसँग दुई दिन आउँदिन भनेर हिंडेका थिए ।

गोंगबुस्थित घरको तेस्रो तल्लामा कोठा लिएर बसेकी कल्पनाले नै हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरी स्रोतले जनाएको छ । उनले शव व्यवस्थापन गर्दा अरुको सहयोग लिए नलिएको खुलेको छैन । अहिलेसम्म उनी एक्लैले योजनावद्ध तरिकाले हत्या गरेको खुलेको छ ।
शाहीसँग बोहराको सम्बन्धको बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । एक छोरा र एक छोरीकी आमा शाही छोरासँग बस्दै आएकी थिइन् । दुई कोठा, किचेन र बाथरुमसहितको फ्ल्याटमा बस्दै आएकी थिइन् । छोरीको विवाह भइसकेको पत्ता लागेको छ ।

बोहरा पनि परिवार भएका व्यक्ति हुन् । उनी गार्मेन्ट कारखानामा काम गर्थे । हत्या भएको राति उनी किन त्यहाँ पुगे भन्नेबारे अनुसन्धान भइरहेको बुझिएको छ ।

आरोपी कल्पना शाहीलाई चितवनको टाँडीस्थित माधवपुरबाट पक्राउ गरिएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome