शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

गोंगबु हत्याकाण्डको अभियुक्त सार्वजनिक

२७ श्रावण, २०७७ १४:४५ मा प्रकाशित

512 पटक पढिएको

culprit made public

काठमाडौं – काठमाडौंको गोंगबुमा आइतबार भएको हत्यामा संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई काठमाडौं ल्याएर सार्वजनिक गरिएको छ । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

कल्पनाले प्रहरीलाई दिएको बयानमा बोहोराको हत्या गरेको स्वीकार गरेकी छन् । नक्कली फेसबूक अकाउन्ट बनाएर निर्वस्त्र तस्वीरहरू पठाउने गरेकाले कोठामा बोलाएर हत्या गरेको उनले बयान दिएकी छन् । प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ ।

हत्याको आरोप लागेकी पौडेल र उनकी १५ वर्षीया छोरीलाई मंगलबार बिहान काठमाडौँ ल्याई प्रहरीले गोंगबुस्थित हत्या गरिएको घरमै लगेर बयान लिएको हो ।

रक्सीमा ५ चक्कि स्लिपिङ ट्याबलेट राखेर खुवाएको र त्यसपछि बेहोश भए पछि संवेदनशील अङ्गमा हानेर आफ्नो सलले घाँटी कसेर मारेको अभियुक्तले स्वीकारी सकेको अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनु भयो ।

हत्या गरिएका दाङका कृष्णबहादुर बोहोरासँगको सम्बन्धबारे खुलाइएको छैन । बयानकै क्रममा ती महिलाले बोहोराको हत्या गरेको र शव व्यवस्थापनमा छोरीले सहयोग गरेको खुलेको छ ।

ती महिला विगत दुई वर्षदेखि घटनास्थलबाट केही मिटर पर रहेकोे किरण बस्नेतको घरको तेश्रो तल्लामा आफनी एक छोरी र एक छोरासँग बस्दै आएको र ती महिलाका श्रीमान् भने खाडी मुुलुकमा रहेको खुलासा भएको छ ।

हत्यापछि सुटकेशमा शव नआटाएपछि टाउको र खुट्टा काटेको उनले प्रहरीलाई बयान दिने क्रममा बताएकी छन् । शवलाई टुक्रा पारेर सुटकेशमा राखिएको र टाउको र खुट्टा भने जेब्रा झोलामा राखेर फालिएको थियो ।

शव व्यवस्थापनपछि आमा छोरी एम्बुलेन्स भाडामा लिएर चितवन पुगेको खुलासा भएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome