बुधबार, २१ जेठ २०७७

hostgator optimized wordpress hosting

गुठीको सम्पूर्ण सम्पत्तिको जिम्मा स्थानीय तहलाई देऊ

३२ जेष्ठ २०७६, शनिबार ०६:२३ मा प्रकाशित

1436 Views पटक पढिएको

भक्तपुर, ३१ जेठ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठीको सम्पूर्ण सम्पत्तिको जिम्मा स्थानीय तहलाई दिनुपर्ने बताएका छन् ।

गुठी विधेयकविरुद्ध काठमाडौं उपत्यकामा आन्दोलन चर्किरहेका बेला अध्यक्ष बिजुक्छेले मोही लागेको गुठीको जग्गामा किसानलाई मोहियानी हक दिने बन्दोबस्त गर्नुपर्ने समेत बताए ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजद्वारा आयोजित दुईदिने आर्थिक विकासमा व्यवस्थापनको भुमिका विषयक राष्ट्रिय सम्मेलन शुक्रबार उद्घाटन गर्दै उनले यसो भनेका हुन् ।

उनी भन्छन्, ‘गुठी जग्गामा मोहियानी हक पाउने बन्दोबस्त गर्नुपर्छ र मोही किसानले आधा जग्गा पाउनुपर्छ । बाँकी गुठी जग्गा र घरहरू स्थानीय तहलाई जिम्मेवारी दिनुपर्छ ।’

साथै गुठी जग्गाबाट उठेका कर जनताकै लागि खर्च हुनुपर्नेमा उनले जोड दिए । बिजुक्छेले जग्गा–जमिन सामन्तवादी समाजको महत्वपूर्ण आम्दानीको स्रोत हुने र सामन्तवाद जमिनको आम्दानीबाटै चल्ने पनि जिकिर गरेका थिए । आर्थिक समृद्धिको नाराले मात्र देश विकास नहुने भन्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउन आर्थिक गतिविधिहरूमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting