मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

भक्तपुरको एक स्यानिटाइजर उद्योगमा आगलागी हुँदा ६० लाख बराबरको क्षति

२८ श्रावण, २०७७ ०९:०५ मा प्रकाशित

490 पटक पढिएको

fire at united chemicals bhaktapur

भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६ निकोसेरास्थित युनाइटेड नेपाल केमिकल प्रालिमा मङ्गलबार आगलागी भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार विद्युत सट भएर उद्योगमा आगलागी भएको हो।

उद्योगको स्टोर रुममा लागेको आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। जीवन श्रेष्ठले चलाएको उद्योगमा लागेको आगलागी भक्तपुर र ललितपुरको वारुण यन्त्रले नियन्त्रणमा लिएको प्रनाउ गिरीले बताए। उनका अनुसार आगलागीको विस्तृत विवरण प्राप्त भएको छैन। उद्योगले ह्यान्ड स्यानिटाइजर, हर्पिकलगायतका सरसफाइसम्बन्धी वस्तु उत्पादन गर्छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome