मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

समुदायमा कोरोना फैलिएको आशंकामा कमलामाई एक साताका लागि ‘लकडाउन’

२८ श्रावण, २०७७ १५:४३ मा प्रकाशित

320 पटक पढिएको

kamalamai municipality sindhuli

सिन्धुली – सिन्धुली जिल्ला सदरमुकामस्थित कमलामाई नगरपालिका एक साताका लागि लकडाउन गरिएको छ । समुदाय स्तरमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिएको आशंकामा सदरमुकामलगायत नगरका सबै नाका बन्द गर्ने गरी लकडाउन गरिएको हो ।

कमलामाई नगरपालिकाले गएको मंगलबार राती १२ बजेबाट लकडाउन गराएको हो । सिन्धुली सदरमुकाममा शनिबार र आइतबार हालसम्मकै धेरै ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकामा सोमबार बसेको सर्वपक्षीय बैठकले मंगलबार राती १२ बजेदेखि लकडाउन गरिएको कमलामाई नगरपालिका नगरप्रमुख खड्ग बहादुर खत्रीले बताए ।

नगर क्षेत्रका मुख्य राजमार्ग बाहेकका सबै सिमानाका सडकहरु पूर्णरुपमा बन्द गरिएको छ ।’विपी राजमार्गमा संचालन हुने अत्यावश्यकीय सवारी साधनमा पनि नगरपालिका क्षेत्रभित्र रोक्न, यात्रु चढाउन र ओराल्नका साथै होटल समेत प्रयोग गर्न रोकलगाइएको छ,’ उनले भने ।

पछिल्लो समय समुदायस्तरमै संक्रमणको जोखिम बढ्नुका साथै अन्य क्षेत्रबाट आउजाउ गर्नेहरुका कारण कोरोना संक्रमण बढ्ने जोखिम बढेपछि लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले स्पष्ट पारे । उनले भने, ‘जिल्ला सदरमुकाम रहेको नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरी लकडाउन सुरु गरिएको हो ।’

नगर क्षेत्र लकडाउन गरिएपछि जिल्ला सदरमुकाम बुधबार बिहानैदेखि सुनसान छ । बजारका मुख्य चोक र सडकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ ।

पैदल यात्रमा समेत कडाइ गरिएको छ भने नगर क्षेत्रभर अत्यावश्यकीय सेवा बाहेक सबै सरकारी गैह्रसरकारी क्षेत्रहरु, भिडभाड हुने बजारहरु, यातायात लगाएतका सबै सेवाहरु बन्द छन् ।

उता कोरोना संक्रमण बढेपछि सिन्धुली अस्पतालमा इमरजेन्सी र प्रसुती बाहेकका सवै सेवाहरु वन्द गरिएको छ । हालसम्म सिन्धुलीमा १५ सय २२ जनाको पिसिआर परिक्षणमा १९ जनमा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome