बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

सीमा क्षेत्रबाट २४ लाख ५० हजार अवैध भारतीय रुपैयाँ बरामद

२८ श्रावण, २०७७ १५:४५ मा प्रकाशित

268 पटक पढिएको

indian cash seized

कपिलवस्तु – अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २४ लाख ५० हजार भारतीय रुपैयाँ सशस्त्र प्रहरीले कृष्णनगर सीमा क्षेत्रमा बरामद गरेको छ । भारतबाट नेपालतर्फ सीमानाकाबाट लुकिछिपी कृष्णनगर प्रवेश गर्न लागेको व्यक्तिलाई शंका लागि खानतलासी गर्न खोज्दा सो भारतीय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक ध्रुब कार्कीले बताए ।

सुरुमा झोलामा सेनेटाइजर र औषधि मात्र छ भनी झुक्याएका ती व्यक्तिलाई चेकजाँच गर्न खोज्दा झोला छोडेर सीमापारी भारततर्फ भागेको सशस्त्र प्रहरीले बताएको छ ।

झोलामा ५ सय दरका ५९ वटा सयको गड्डी भारतीय रुपैयाँ बरामद भएको छ । सो रकमथप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको सशस्त्र प्रहरी उपरीक्षक ध्रुवकार्कीले बताए ।

केही दिनअघि मात्रै सशस्त्र प्रहरीले सीमा क्षेत्र चाकर चौडानजिकबाट एक व्यक्तिसहित स्रोत नखुलेको १६ लाख रुपैयाँ नेपाली बरामद गरेको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome