शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

दुई दिनदेखि वेपत्ता पत्रकार बानियाँको जुत्ता बल्खुमा, शव हेटौंडामा

२८ श्रावण, २०७७ १५:५० मा प्रकाशित

648 पटक पढिएको

reporter baniya

काठमाडौं – पत्रकार बलराम बानियाँ मृत फेला परेका छन्। बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावर क्षेत्रमा फेला परेको हो। कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता बानियाँ सोमबारदेखि हराएका थिए।

महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाका अनुसार पत्रकार बानियाँको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ। घट्नाबारे अनुसन्धान भइरहेको उनले बताए।

करिब एक सातादेखि उनी घरको सम्पर्कमा नभएपछि परिवारले खोजि गरिदिन महानगरीय अपराध महाशाखामा निवेदन दिएका थिए। बल्खु बगरमा उनको जुत्ता भेटिएपछि बानियाँले बागमती बगरमा चिप्लिएर नदीले बगाएको आशंका गरिएको छ।

स्थानीयले गत सोमबार दिउँसो एक पुरुषले बल्खु पुल मुनि चिप्लिएको र उनलाई उद्धारका लागि बाँस र डोरी दिँदा पनि बचाउन नसकिएको बताएका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome