शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा १३८ सहित थप ४८४ जनामा कोरोना पुष्टि, ९१ जनाको मृत्यु

२८ श्रावण, २०७७ १६:४८ मा प्रकाशित

564 पटक पढिएको

corona positive

काठमाडौं – काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ जना रहेको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्याले २४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या सात हजार ६ सय १३ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको छ।

अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

मृतकको संख्या ९१ पुगेको छ । मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन् । अहिले क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन् ।

नेपालमा १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ।

पछिल्लो पछिल्लो २४ घण्टामा नेपालमा आठ जनाको कोरोनाकै कारण मृत्यु पुष्टि भएको हो। योसँगै कोरोनाले ज्यान गुमाउनको संख्या ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome