मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

खेल्ने क्रममा पेट्रोल खाँदा १७ महिने बालकको मृत्यु

२९ श्रावण, २०७७ ०७:४८ मा प्रकाशित

381 पटक पढिएको

new born child dead

मुस्ताङ : मुस्ताङको घरपझोङ गाउँपालिका -३ पुथाङ एयरपोर्ट जोमसोममा बुधबार एक १७ महिने बालकले खेल्ने क्रममा पेट्रोल खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता आशिष अघिकारीका अनुसार घरपझोङ-३ एयरपोर्ट जोमसोममा रहेको त्रिशुला मोटर साइकल वर्कसपका किरण थापाको १७ महिने छोरा किसान थापाको उपचारका लागि जोमसोम अस्पताल लैजाँदा मृत्यु भएको हो ।

१७ महिने बालकले घरमै खेल्ने क्रममा नजिकै राखिएको पेट्रोलियम पदार्थ खाँदा पुगेको प्रहरीले जनाएको छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

मुक्तिनाथमा ८२ वर्षीय वृद्ध महिला मृत फेला

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका -१ मुक्तिनाथस्थित पुराङ गुम्बामा एक्लै बस्दै आइरहेकी ८२ वर्षीया एक वृद्धा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरीका अनुसार उक्त महिला सोही स्थानकी स्थानीय भुटिक गुरुङ हुन् । मृतक महिला २÷३ दिनसम्म बाहिर देखा नपरेपछि स्थानीयकै सहयोगमा प्रहरीले खोजतलास गर्दा घरमै मृत अवस्थामा फेला परेको जनाइएको छ ।

प्रहरीले गत शुक्रबार मृत शव फेला पारेको हो । प्रहरीका अनुसार मृतकको जोमसोम अस्पतालमा पोस्ट मार्टम कार्य सम्पन्नभइ भिसेरा परिक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमान्डौं पठाईएको र घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढेको बताइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome